जसले तपाइलाइ जस्तो नजरले हेर्छन, तपाइले पनि उस्लाइ तेस्तै नजरले मात्र हेर्नू पर्दछ। अर्थात यदि तपाइले कसैलाइ धेरै माया गर्नु हुन्छ तर उसले तपाइलाइ सधैँभरी केबल असल साथी मात्र ठान्छ, जिवन साथिको नजर्ले कहिल्यै हेर्दैन र हेर्ने पनि छैन भने तपाइ ले पनि उस्को एक असल साथी जस्तो बन्न सक्नु पर्दछ । अनि तपाईं को उ प्रतिको मायालुको नजरलाइ एक असल साथिमा बदल्नु पर्छ। किनभने यदि तपाईं मात्र उस्को एक तर्फी मायामा सधै डुबिरहनु हुन्छ तर उसलाइ तपाईं को मायालु भाबनाको केही मतलब छैन भने एक दिन तेस्तो पनि आउँछ जुन दिन मृत्युको सामना गर्नु पर्नेछ। माया बिनाको जिन्दगी त सम्भब छैन तर साथ बिना को जिन्दगी पनि सम्भब छैन भन्ने छैन, अर्थात तपाईं एक्लै पनि जिउन सक्नु हुन्छ वा अरुलाइ पनि जीवनसाथी बनाउन सक्नु हुन्छ । के थाहा, तपाइलाइ उनले त जीवनसाथी बनाउन चाहदिनन तर तपाईंले अरु यस्तो जीवन साथी पनि पाउन सक्नुहुन्छ जस्ले तपाईंले भन्दा बढी माया दिनेछ/दिनेछिन। तपाइलाइ यो संसारमा कसैले पर्खिराखेको छ तर तपाईं यो बुझ्नुहोसकी जब एउटा खुशी गुमाउनु हुन्छ तब तपाइलाइ खुशिको बहारले नै पन्छाउनेछ ।तपाइले एउटाको माया पाउन सक्दैनौ भने आफुलाइ कम्जोर ठानेर चिन्ता नगर्नुहोस तपाइले कसैको येत्ती धेरै माया पाउनुहुन्छ कि जुन तपाइले सोचेको सिमा भन्दा धेरै नै बढी हुनेछ। तपाईं माया त माया हो एक तर्फी होस या दुइतर्फि भन्ने सोच्नुहुन्छ र उस्लाइ मात्र चाहनु हुन्छ भने तपाइले आफ्नो मनको कुरा उस्लाइ भन्दिनुहोस के थाहा उस्ले पनि तपाइलाइ माया गरेको हुनसक्छ। तर भन्न नसको को पनि त हुनसक्छ । त्यसैले आफ्नो मनको भावना उनिसङग बाँड्नुहोस। 💘💘💘💘💘💘💘 |
Tags:
world