प्रेम ले संसार जित्न सकिन्छ, कसरि?

जब तपाइले संसार्मा हरेकको साथ पाउनुहुन्छ तेसैलाइ नै संसार जित्नु भनिन्छ। अर्थात जब तपाईं यो संसारमा हरेकको मनमा बस्नसक्नुहुन्छ तपाइलाइ आफैनै यो संसार जितेको महसुस हुन्छ। तपाइलाइ यस्तो लाग्छ कि यो संसारमा भएको हरेक कुरा तपाइको पनि हो र जुन तपाइप्रति जिम्मेवारी जस्तो महसुस हुन्छ।

 जब मान्छेले हरेकलाइ नराम्रो व्यवहार र घृणाको नजरले नै हेर्ने गर्दछन र उसलाइपनी हरेकले घृणाको नजरले नै हेर्ने गर्दछन र उसलाइ यस्तो पनि महसुस हुदैजान्छ कि उसको संसारनै रित्तो छ।हरेक मान्छेहरुको भिडमा पनि उस्ले आफुलाइ एक्लो महसुस गर्छ। किनकी उसका आफन्तहरु नै उसका लागि पराइ भैसकेका हुन्छन ।
तर जब उसले अफ्नो मन बदल्दै जान्छ उ भित्र भरिएको घृणालाइ मायामा परिणत गर्दै जान्छ। उसले हरेक सङग राम्रो व्यवहार गर्दै जान्छ । उसको मन हरेक सँग मिल्दै जान्छ र उसलाइ महसुस हुँदै जान्छ कि सत्रु पनि उसकै एक असल मित्र हो अर्थात उसलाइ हरेक मन्छेहरु आफ्ना आफन्त हरु जस्तै लाग्छन ।

तब उसलाइ हरेक को साथ र माया मिल्छ । उ एक्लो भएपनी आफुलाइ कहिल्यै एक्लो महसुस गर्दैन किनकी हरेक मान्छेहरु उसका अफन्त जस्तै भएका हुन्छन । तब उसलाइ यो संसार आफ्नै जस्तो लाग्दछ र आफुले नै जितेजस्तो महसुस हुँदै जन्छ । त्येसैले तपाइले हरेक सँग राम्रो व्यवहार र माया गर्दै गयैं भने तपाईं कहिलै एक्लो महसुस गर्नु हुन्न किनकी कुनै एउटा मनको मन्छे गुमएपनी तपाईंलाइ हरेकको साथ मिलिरहेको हुन्छ । र तिनिहरु तपाईंलाइ कहिल्यै एक्लो महसुस हुन दिदैनन ।
किनकि हजरौको भिडमा तपाईंले एउटा मन्छे गुमाएपनि तपाईं सँग साथ दिने अझ हजारौँ थपिदै जान्छन । त्यसैले हरेकको मनमा बस्न लायक सक्नुस अनि तपाइले संसार जित्न सक्नु हुन्छ । मायाले नै हरेक कुरालाइ सम्भब बनाउन सक्दछ।


                              

Post a Comment

Previous Post Next Post

Contact Form