तिन जना युवाहरुले नेपलको ईतिहाँस सँग सम्बन्धित नयाँ "Falcon Battle Royal" नामक Video Game लन्च गर्दै। कहिले आउला नेपाली बजारमा ?


तिन जना युवाहरुको समुहले नेपालमा Video Game लन्च गर्ने तयारिमा छन्। यो गेम निर्माण गर्ने युवाहरु कैलालीका २१ वर्षीय दिपेन्द्र धामी, झापाका २२ वर्षिय बिजय श्रेष्ठ र दार्जिलिङका २४ वर्षिय सुमन चौलागाईं रहेका छन्। Game developer दिपेन्द्र धामी लगायत तिन जनाको समुहले नेपालको ऐतिहासिक तत्वहरूलाई आधुनिक Game Play सँग जोड्ने नयाँ भिडियो गेम 
"Falcon Battle Royal" लन्च गर्दैछन्। "Falcon Battle Royal" नामको यो गेम नेपालको इतिहासका विभिन्न कालखण्डहरू, प्राचीन राज्यहरू देखि हालैको गृहयुद्धसम्मको अवधिमा सेट गरिएको छ। पुस्तक, वेबसाइट र म्युजियम बाट सिकेको नेपालको इतिहास अनुसार Game मा power, betrayal र revenge को विषयवस्तु पनि राख्न चाहेको दिपेन्द्र धामीले जनाए ।

 उहाँले भन्नु भयो "Game एक Multiplayer Online Battle Arena (MOBA) हो जसमा realistic graphics, dynamic environments र diverse character हरू छन् जहाँ खेलाडीहरूले एकअर्कासँग प्रतिस्पर्धा गर्न वा सहयोग गर्न सक्छन्"। Falcon Team ले खेलको सामग्रीको शुद्धता र प्रामाणिकता सुनिश्चित गर्न इतिहासकारहरू, विशेषज्ञहरू र स्थानीयहरू सँग परामर्श गरे ता पनि नेपाल सरकारले अनुमति नदिएको र नेपालको server त्यति सुरक्षित नभएकोले यो Game हाल India को server बाट Beta परीक्षणको तयारी भइरहेको धामीले जनाए । 

2021 देखि तिन जनाको समुहले सुरु गरेको यो Game 2025 को पहिलो क्वाटरमा रिलीज हुने अपेक्षा गरिएको छ र सुरुमा PC, PlayStation, Xbox, र Nintendo Switch को लागि उपलब्ध हुनेछ भने Mobile र Tab user हरुले केहि समय अझै पर्खनुपर्ने उहाँले बताउनुभयो। यो game ले राष्ट्रिय र अन्तर्राष्ट्रिय दर्शकहरूलाई आकर्षित गरेमा यसले थप नेपाली game developers लाई आफ्नो क्षमता र रचनात्मकता लाई पछ्याउन प्रेरित गर्ने विश्वास व्यक्त गरे। उनले भविष्यमा गेमलाई थप सामग्री र फिचरसहित अपडेट गर्ने र नेपालको इतिहास र संस्कृतिमा आधारित थप Game हरू सिर्जना गर्ने योजना रहेको बताए।

 Game एक काल्पनिक संसारमा रचना गरिएको छ जहाँ विभिन्न Team हरू "Falcon I" भनेर शक्तिशाली युद्द नियन्त्रणको लागि प्रतिस्पर्धा गर्नेछन्। खेलाडीहरूले Game खेल्दा चार वर्गहरू बाट छनोट गर्न सक्छन्: Hunter I, Shooter II, Warrior III र Hyper Warrior IV र प्रत्येकको आफ्नै अद्वितीय क्षमता र सीपहरू रहेको छ र खेलले विभिन्न मोडहरू पनि प्रदान गर्दछ, जस्तै Death Match, Capture The Flag, र King of The Hill. यो गेममा नेपालको ऐतिहासिक Map को आकार र  नेपालको बिभिन्न भु-भागहरु समेटिएको Team Leader धामीले बताएका छन्।


 यो Game मा नयाँ र सबै भन्दा राम्रो feature भनेको TikTok मा जस्तै game खेल्दा गेम बाटै अरुले लाइभ हेर्न पाउने, gift दिन मिल्ने र gift पाउने ब्यक्तिहरुले आफनो खाता मा पैसाको रुपमा निकाल्न पनि सक्ने system पनि गेममा थपिने रहेको कुरा Falcon team leader धामिले जानकारी दिनुभयो। Game बारे थप जानकारीको लागि "Falcon Battle Royal" Facebook Page सँग जानकारि लिन सक्नुहुनेछ। धन्यवाद!

Post a Comment

Previous Post Next Post

Contact Form